मन्त्रिपरिषद् बैठक बस्दै, बजेट स्वीकृत गर्ने

  Sampatti News Online

May 28, 2024

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

आजको बैठकमा आर्थिक वर्ष २०८१-०८२ को बजेट स्वीकृत गर्ने छ । मंगलबार दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै छन् । 

अर्थमन्त्रीले सांसदमार्फत सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट प्रस्तुत सम्बन्धी प्रस्ताव स्वीकृत गराउनुपर्छ । अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्नेछन् । 

प्रकाशित मिति:May 28, 2024