सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

  Sampatti News Online

May 28, 2024

काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ । सोमबार १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भइरहेको छ ।

चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ८८० रुपैयाँ थियो ।

प्रकाशित मिति:May 28, 2024