दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सर्‍यो

Nepal Cover
१५ जेष्ठ २०८१, मंगलवार
image

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि सरेको छ ।

यसअघि दिउँसो १ बजेको लागि प्रतिनिधिसभाको बैठक तय थियो । संसद्मा प्रतिनिधित्व गर्ने दलबीच सहमति नजुटेपछि बैठक २ घण्टापछि सरेको हो ।

संसद् सचिवालयले सूचना जारी गर्दै संघीय संसद्को बैठक दिउँसो ३ बजेको लागि सरेको जनाएको छ।