भोलिदेखि सुरु हुँदै श्रमाधान रोजगार मेला

  Sampatti News Online

May 29, 2024

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला बिहीबार कोशी प्रदेशको विराटनगरमा सुरु हुने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने योजनाका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रर्वद्धन गर्नु रहेको मन्त्रालयले जनाएको छ । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ ।

अर्थात्, रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ । समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्वपूर्ण भूमिका रहने उनले बताए ।

मेला देशको सातैवटा प्रदेशमा आयोजना गरिनेछ । प्रत्येक प्रदेशमा दुई दुई दिन सञ्चालन हुनेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ ।

प्रकाशित मिति:May 29, 2024