दोहोरो अंकले घट्यो नेप्से, साढे ४ अर्बको शेयर किनबेच

  Sampatti News Online

May 29, 2024

काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन बुधबार नेप्से परिसूचक  २३ दशमलव ८१ अंकले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा यो १.१२ प्रतिशतले घटेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेश गरेकै भोल्पिल्ट शेयर बजार दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ।

आज नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। उक्त दिन झण्डै २३ हजार ८० वटा कारोबारमा १ करोड ७ लाख ३८ हजार १ सय ६९ कित्ता शेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत सोमबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

मंगलबार सार्वजनिक भएको बजेटले पुँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश देखिएका हुन् । बजेटले केही ऊर्जा थप्ने र सुस्ताएको पुँजी बजारमा उत्साह छाउने आशामा बसेका लगानीकर्ता मंगलबार बजेट सार्वजनिक भएपछि निरास भएका हुन् ।

पुँजी बजारसँग सम्बन्धित निकायहरू धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको क्षमता वृद्धि र संरचनागत सुधार गर्ने मात्र गरेर उनले अमूर्त कुरा बजेटमा गरिएको छ ।  त्यसैगरी, सिडिएस क्लियरिंग र बस्तु विनिमय एक्सचेन्जको विषयमा समेत त्यसबारे थप काम गर्ने उल्लेख अर्थमन्त्री पुनले गरेका छन् ।

प्रकाशित मिति:May 29, 2024