करचुक्ता प्रमाणपत्र अनलाइनबाट पाइने

Nepal Cover
१६ जेष्ठ २०८१, बुधबार
image

काठमाडौं । करदाताले कर तिरेपछि पाउने प्रमाणपत्र लिन सरकारी कार्यालयमै पुग्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ। अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आर्थिक विधयेक २०८१ मार्फत अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र लिन पाइने व्यवस्था गरिएको हो।

यसका लागि भने कर बक्यौता नरहेको र विवरण पेस भएको हुनुपर्ने छ।

यस्ता अवस्थामा अनलाइबाट नै क्युआकर कोडसहितको कर चुक्ता प्रमाणपत्र दिने व्यवस्था आर्थिक विधयेकले गरेको हो।
विभिन्न नाममा समयमा कर चुक्ता प्रमाणपत्र दिन ढिलाइ गरिएको गुनासो करदाताहरूको रहँदै आएको थियो ।