बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
१६ जेष्ठ २०८१, बुधबार
image

काठमाडौं । बुधबार सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।