सिम्रौनगढको पहिचान र भाषा

  Sampatti News

May 29, 2024

एतिहासिक, संस्कृतिक र पुरातात्त्विक मह्त्व भएको खुल्ला सङ्ग्रााहलय सिम्रौनगढ मधेस प्रदेशको बारा जिल्लामा पदर्छ। बारा जिल्लाको सदरमुकाम कलैया बाट २० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ भने रौतहटको सदरमुकाम गौर बाट लगभग २५ किलोमीटर पक्षिम दिशामा अवस्थित छ। समुद्री सतह देखि १०० मिटरको औसत उचाईमा रहेको सिम्रौनगढ नगरपालिका ४३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सानो ठूलो गाउँ र टोल गरि ११ वाट वार्ड बाट सिम्रौनगढ नगरपालिका बनेको छ। हाल सिम्रौनगढको जनसंख्या लगभग ५१ देखि ५३ हजार छ।
इतिहास सुन्न र पढ्दा जति सहज र सरल छ त्यति नै इतिहास बनाउन जटिल हुन्छ। नान्यदेव लाई पनि सजिलो थिएन । सिम्रौनगढ सिमलै सिमलले सजिए र भरिएको घना र बिशाल जंगल थियो । सिम्रौनगढ सुरक्षा दृष्टिकोणले एकदमै उप्युक्त र मनमोहक जंगल भित्र सुन्दर बस्ती थियो । मानव अतीतलाई छातिमा समेटेर एतिहासिक धरोहरलाई सिम्रौनगढले सुरक्षित राखेको छ।सिम्रौनगढको वास्तविक इतिहास १०९७ बाट सुरु भएको छ। १०९७ मा कर्नाटवंशी राजा चालुक्यका सेनापती नान्यदेव सिम्रौनगढ ९तिर्हुत० राज्यको राजा थिए। स्थापना उपनिदेशकाल र पौराणिक कालमा हिन्दु संस्कृतिक को केन्द्र थियो। सिम्रौनगढमा नान्यदेव , गङ्गसिह देव , नरसिंह देव , रामसिंहदेव , शक्तिसिंहदेव , भुपालसिंह देव र अन्तिम राजा हरिसिंह देवले शासन गरेका थिए। सिम्रौनगढ सात वटा सुरक्षा घेरा बाट घेरिएको थियो। सिम्रौनगढ सबै कलामा निपुण, नीति(निर्माण र नीतिशास्त्र मा बलशाली थियो । शास्त्र र शस्त्रमा यति गुणवान थियो कि सबै धर्मको केन्द्र बनेको थियो र शस्त्रकलामा कयौं राज्यलाई बिना युद्ध गरि घुडा टेकाएको थियो। तत्कालीन नेपाल आजको काठमाडौं लाई ३र३ चोटि सिम्रौनगढले हराएको इतिहास छ। काठमाडौं सिम्रौनगढलाई कर बुझाउन सिम्रौनगढ पुग्थ्यो। मूर्तिकला, हस्तकला, नृत्यकला, आदिको प्रमाण अहिले भेटिएको मुर्तिहरुको कलाकृतिबाट परिकल्पना गरि अनुमान लगाउन सकिन्छ। सिम्रौनगढ त्यो काल खण्डको राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्यापारको केन्द्र थियो ।

सिम्रौनगढ (तिर्हुत) का अन्तिम राजा हरिसिंह देवको पालामा १३२७ मा दिल्लीको बादसाह ग्यासुदिन तुगलकले सिम्रौनगढमा आक्रमण पछि सिम्रौनगढ अस्तायो। हरिसिंह देव श्रीमति देवल देवी र राजकुमार जगतसिंह लगायत राजपरिवारका सदस्य सहित भक्तपुर आए। राजकुमार जगतसिंह नेपाल भक्तपुर आउँदा तिरहुतको राजधानी सिम्रौनगढको कुलदेबि तलेजु भवानीलाई संगै लिएर आएका थिए। रानी देवल देवीले आफ्ना छोरा जगतसिंह देवको विवाह भक्तपुरका राजा रुद्र मल्लकी विधवा छोरीसँग गराइन्। देवल देवीले आफ्नी नातिनी ९जगतसिंह देवकी छोरी०को विवाह पनि तिरहूतका युवकसँग गराइन्, जो पछि भक्तपुरको शासन व्यवस्थापमा जयस्थिति मल्लका नामले शक्तिशाली र प्रसिद्व भएका थिए।
भाषा
सिम्रौनगढको भाषा सदियौं देखि ओझेलमा थियो भने अहिले भाषाको विषयमा ब्यापक बहस चल्दैछ। सिम्रौनगढको भाषा माथि कथित भाषा विदहरुले षड्यन्त्र गरेको आभास भएको छ। अहिले सिम्रौनगढको भाषा बचाउन र उजागर गर्न अभियाननै चलिरहेको छ। कथित भाषा विदहरुले सिम्रौनगढको भाषा भोजपुरी हो भन्दै भजाउदै आएको थियो। सिम्रौनगढको भाषा र भोजपुरी भाषा बिच बोल्ने शैली, लेख्ने शैली र शब्दमा धेरै फरक छ। सिम्रौनगढको भाषा भोजपुरी नरहेको उजागर भएको छ। दुई बर्ष अगाडी पोखरी खन्ने क्रममा एउटा शिलालेख भेटिएको थियो र सुरक्षित राखिएको छ। त्यो शिलालेखलाई बुझ्ने प्रयास गरियो। कालो पत्थर माथि तिरहुता लिपिमा सिम्रौनगढ बारे लेखिएको स्पष्ट देखिन्छ ।
त्यो कालखण्डमा हरेक राज्यको आ-आफ्नो मौलिक पहिचान, झण्डा, मुद्रा, बोल्ने र लेख्ने शैली आफ्नै थियो। कुनै पनि राज्य हुनलाई यो पहिलो आधारभूत कुरो हो । सिम्रौनगढको गर्भमा अहिले धेरै कुरा लुकेको छ, खोज र उत्खनन् को आवस्यकता हो। सिम्रौनगढको भाषा भोजपुरी हो भन्नेहरुलाई मेरो प्रश्न छ । सिम्रौनगढ तिरहुतको राजधानी थियो कि थिएन रु सिम्रौनगढको आफ्नो मौलिक रिति रिवाज छ कि छैन ? सिम्रौनगढको आफ्नो छुट्टै पहिचान र अस्तित्व छ कि छैन रु सिम्रौनगढमा पोखरी खन्दा निस्किने बस्तुहरु ऐतिहासिक एव पुरातात्विक बस्तु हुन् कि होइनन् ? यदि यो सबै प्रश्न को उतर मन्नमा हो भने भेटिएको शिलालेखमा लेखिएको लिपि स्बिकार गर्नुपर्छ र यो सत्यलाई अंगाल्नै पर्छ। भाषा भने सानो तिनो कुरा होइन। भनिन्छ कुनै पनि ठाँउको अस्तित्व सिध्याउनु छ भने पहिले प्रहार भाषा माथी हुन्छ। यो परिस्थितिबाट सिम्रौनगढ गुज्रिरहेको छ। हाम्रो निष्कर्ष छ सिम्रौनगढको लिपि तिरहुता र भाषा तिरहुतिया हो। इतिहास हेर्दा सिम्रौनगढको लिपि संस्कृत बाट आएको हो। सिम्रौनगढबासीले बोल्ने भाषा तिरहुतिया हो। हाम्रो भाषा भोजपुरी होइन तिरहुतिया हो भन्ने कुरा बिस्तारै आम जनसमुदायमा पस्किदै छौ ।

भोजपुरी भाषा र तिरहुतिया भाषा बिच फर्क हेरौं 

तिरहुतिया – अवइत बाड़ी, जाइतारी, माई भात निन्ह लेले, रे बौउवो तु खा लेले, अपने खा लेली, बजार गेल रलि ह, इत्यादि

भोजपुरी – आवतानी, जातानी , माई भात निन्हलि ह, बाबू तु खैली ह, रौवा खालेनी, बजार गइल रनि ह, इत्यादि

आफ्नो भाषा , अस्तित्व र आत्मसम्मान जोगाउन धेरै देशहरुले लडाइँ लड़ेका छन् र अस्तित्व जोगाउन हरेक प्रयास गर्न आवश्यक हुन जान्छ। आफ्नो भाषा र पहिचानका लागि बाङ्लादेश, युक्रेन, तामिलनाडु, श्रीलंका आदिले आफ्नो पहिचान र भाषाका लागि लड़े। अब पालो सिम्रौनगढ को हो र सिम्रौनगढले पनि आफ्नो अस्तित्वको लागि संघर्ष गर्छ।

प्रकाशित मिति:May 29, 2024