यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

  Sampatti News Online

May 30, 2024

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य बढ्दा युरो, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राहरुको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३९ पैसा थियो।

त्यसअघि मंगलबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा थियो। विगत तीन दिनदेखि अमेरिकी डलरको मूल्य लगातार बढिरहेको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा थियो।

मंगलबार बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ०५ पैसा थियो। पाउन्डको मूल्य पनि तीन दिनदेखि वृद्धि भइरहेको छ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९९ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८२ पैसा थियो।

मंगलबार बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६६ पैसा थियो।

प्रकाशित मिति:May 30, 2024