घुससहित रंगेहात पक्राउ परेका नायब सुब्बाविरुद्ध मुद्दा दायर

Nepal Cover
१७ जेष्ठ २०८१, बिहीबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरि खनालविरुद्ध मुद्दा दायर गरेको छ । 

जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको बिगो जरिवाना सजाय हुन माग दाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।