नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४ अर्ब २१ करोडको कारोबार

  Sampatti News Online

May 30, 2024

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १९.८९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०६९ अंकमा झरेको छ ।

नेप्सेमा आज ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७० वटाको बढेको छ भने १७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।             

यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.७२, विकास बैंक ०.९७, लगानी १.१७, जीवन बीमा १.१३, माइक्रोफाइनान्स १.९६, निर्जीवन बीमा १.०७, अन्य ०.८१ र ब्यापार ०.३३ प्रतिशत घटे । उत्पादन समूह १.२३, हाइड्रोपावर ०.४९ र फाइनान्स समूहको सूचक ०.१५ प्रतिशत बढे ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, अप्पर लोहरे खोला हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी र युनिलिभर नेपाल रहेका छन् ।    

आज पोखरा फाइनान्स लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्सको १९ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।   

प्रकाशित मिति:May 30, 2024