दोहोरो अंक बढ्यो नेप्से, ४ अर्ब ३१ करोड बराबरको कारोबार

  Sampatti News Online

June 2, 2024

काठमाडौं । लगातार दूई कारोबार दिन घटेपछि आइतवार नेप्से १३.५१ अंक बढेर बन्द भएको छ । परिसूचक २ हजार ८३.०४ विन्दुमा पुगेको हो । आइतवारको बजारलाई हेर्दा विस्तारै नेप्से सम्हालिने प्रयासमा लागेको अनुमान गर्न सकिन्छ । यसअघि बजेट सार्वजनिक भएयता केही दिन बजार घटेको थियो ।

तर अब विस्तारै करेक्सन चक्र पूरा भएको र बजारले पुनः गति लिन सक्ने लगानीकर्ता बताउँछन । कारोबार रकमपनि केही बढेको छ । अब विस्तारै बजारमा लगानीकर्ता सक्रिय हुन थालेको देखियो ।

यद्धपि बजार घटबढ भइरहन्छ । लगानीकर्ताले लगानी गर्नुपूर्व बजारको अवस्था र कम्पनीको समग्र अवस्थालाई केलाएर लगानी गर्न जानकारहरु बताउँछन् ।

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३९ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ८५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७३ प्रतिशत वृद्धि भएको छ ।

३२५ धितोपत्रको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर ६५ हजार ६५४ पटकमा रू. ४ अर्ब ३१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागको हो । मल्टीपर्पस फाइनान्सको शेयर मूल्य रू।४९८ दशमलव ३० र मकर जितुमाया सुरी हाइड्रोपावरको रू. ४१०.३० पुगेको छ ।

आइतवार सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ग्मुाएका छन् । यस कम्पनीको शेयर मूल्य ९.१३ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू.५७७ कायम भएको छ । त्यस्तै दोस्रोमा युनिलिभर नेपालको शेयर मूल्य ७ .८८ प्रतिशत घटेर रू। ४३ हजार ६६३ मा झरेको हो ।

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू.२२ करोड ६४ लाख बराबरको कारोबार भएको छ । शेयर मूल्य प्रतिकित्ता रू.५७७ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा पोखरा फाइनान्सको रू। १८ करोड ७० लाख बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी ब्यापार समूहको सूचक ६.५६ प्रतिशत वृद्धि भएको छ भने उत्पादन तथा प्रशोधन समूहको सूचक २.४० प्रतिशत घटेको छ ।

प्रकाशित मिति:June 2, 2024