सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?

Nepal Cover
२२ जेष्ठ २०८१, मंगलवार
image

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 हिजो सोमबार १ लाख ४१ हजारमा कारोबार भएको थियो । 

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८६० रुपैयाँ कायम भएको छ ।