नेप्से परिसूचकमा सामान्य अंकको सुधार

  Sampatti News Online

June 4, 2024

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से मंगलबार भने ६.२२ अंकले बढेर २ हजार ८५.३० विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२९ प्रतिशतले बढी हो ।

नेप्सेमा आज ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कारोबामा आएकामध्ये १ सय २५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १४ वटाको घट्यो र बाँकी ८ वटाको स्थिर छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४४६.५० रुपैयाँ पुगेको छ । यसका साथै आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य पनि ८ प्रतिशतले बढेको छ ।

आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.५१ प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २० करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति:June 4, 2024