तीनकुनेको घरमा लागेको आगो निभाइयो 

  Sampatti News Online

June 5, 2024

काठमाडौँ । तीनकुनेमा रहेको एक घरमा आगलागी भएको छ । पाँच तले उक्त घरको अन्डरग्राउण्डमा सञ्चालित एक पसलको स्टोरबाट आगो सल्किएको हो ।
सोही ठाउँमा रहेको जीवन रेग्मीको ४ तल्ले घरमा दिलीप कुमार शाहले संचालन गर्दै आएको चाउचाउ, विस्कुट गोदामा ग्यास लिकेज भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी नियन्त्रणको लागि २० विपद् उद्धार गण सिनामंगलबाट खटिएको सुरक्षा फौज सक्रियताकासाथ आगो नियन्त्रणमा जुटेका थिए ।आगलागीबाट भएको क्षति एकीन विवरण भने आउन बाँकी रहेको छ।

प्रकाशित मिति:June 5, 2024