सत्कर्म अभियानबाट दुर्गा भगवतीमा ४० फलफूलको बृक्ष रोपियो

  Sampatti News Online

June 9, 2024

रौतहट । रौतहट बाट पहिलोपटक सुरुवात गरिएको अभियान जन्म दिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण गर्ने अभियान देशब्यापी बन्दै गएको छ। तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गर्दै अगाडि बढेको यो अबधारणा शुक्रवार रौतहटको दुर्गा भगवती गाउपालिकामा जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

दुर्गा भगवती गाउँ पालिकाको क्याम्पस परिसरमा गाउपालिकाका अध्यक्ष शम्भुकुमार सिंहले फलफूलको बृक्षरोपेर अभियानको सुरुवात गर्नुभएको हो। उहाँ संगै उपाध्यक्ष शिला देबि महालेखा परिक्षक कार्यलयका उपमहालेखा परिक्षक, पदमराज पौडेल, रौतहट जिल्लाका प्रजिअ हिरालाल रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सुरेन्द्र घिमिरे अभियानका संयोजक गोबिन्द चौलागाईं , रौतहट प्रहरी उपरीक्षक दिलिप घिमिरे सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बिक्रम हुमागाइ ,प्रमुख जिल्ला वन अधिकृतशैलेन्द्र कुमार मिश्र लगायत शिक्षकहरु वरिष्ठ संचारकर्मि संजय मिश्रा,प्रभातकुमार झा,प्रबिण शर्मा लगायतको उपस्थितिमा बिद्यालय हाताभित्र विभिन्न जातका फलफूलको बिरुवा रोपिएको सम्पत्ति न्युजका रौतहट प्रतिनिधि राधेश्याम साहले बताए।
सो कार्यक्रममा दुर्गा भगवती गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक र उनकि धर्मपत्नी अर्चना पाठकले आफनो २६ औं म्यारिज एनिभर्सरीका दिन भएकोले फलफूलको बिरुवा नै रोपेका थिए।
यो अभियानबाट झण्डै ४० वटा बिरुवा रोपिएको थियो। कार्यक्रममा दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष शम्भु कुमार सिंहले यो सतकर्मको अभियान दुर्गा भगवतीमा आजबाट सुरुवात यो अभियानले स्वच्छ वातावरणका निम्ति योगदान पुर्याउनेमा आफू बिश्वस्त रहेको बताउदै मानव जातिले पछिल्ला दिनमा चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेकोले यस्ता सत्कर्म अभियानबाट नै वातावरण लाई न्याय मिल्ने अध्यक्ष सिंहले बताए ।

प्रकाशित मिति:June 9, 2024