काठमाडौं। आज नेपाली बजारमा नेपाल सुनचाँदी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ।
यस अघि आइतबार पनि सुन प्रतितोला १ लाख ४१ हजारमा नै कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघले आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा १८२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।