बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  Sampatti News Online

June 12, 2024

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) प्रतितोला एक लाख ४१ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको हो ।      

छापावाल सुनको मूल्य तोलामा एक लाख ४१ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँ रहेको छ ।                                         

यता, चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:June 12, 2024