हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घट्यो

  Sampatti News Online

June 16, 2024

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ०४ अङ्कले घटेर २ हजार ९५ दशमलव २५ विन्दुमा झरेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार ओरालो लागेको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ३ सय १७ वटा कम्पनीको १ करोड ३२ लाख कित्ता शेयर ५ अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३० करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रकाशित मिति:June 16, 2024