शिक्षामा दलीय राजनीतिकरणको अन्त्य गरेरै छाड्ने शिक्षामन्त्री श्रेष्ठकोको घोषणा

  Sampatti News Online

June 18, 2024

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनमा भएका कामको फेहरिस्त सार्वजनिक गरेकी छिन् ।

मन्त्रालयमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री श्रेष्ठले शिक्षामा राजनीतिकरणको अन्त्य गरेर छोड्ने प्रतिबद्धता जनाईन् । उनले अहिलेसम्म ८ सय २५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेको पनि स्पष्ट पारिन् ।

यस्तै, आफू मन्त्री बनेयता ४५ जना शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको बताईन् । तीमध्ये चार जनाले सफाइ पाएको उनको भनाई छ । शिक्षा क्षेत्रको सुधारको लागि नीतिगत रुपमा नै काम सुरु गरिएको उनको भनाई छ ।

शिक्षामन्त्री श्रेष्ठ भएपछि शिक्षा क्षेत्रमा ब्यापक रुपमा सुधार भईरहेको प्रतिक्रियाहरु आईरहेका छन् ।

प्रकाशित मिति:June 18, 2024