बजेटः धनगढी उपमहानगरको बजेट २ अर्ब १८ करोड

Nepal Cover
९ असार २०८१, शनिबार
image

धनगढी । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि धनगढी उपमहानगरपालिकाले दुई अर्ब १८ करोड ८२ लाख ३२ हजार २२० रुपैयाँ बराबरको बजेट सार्वजनीक गरेको छ ।

पालिकाको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

उनकाअनुसार चालु खर्चतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ ।

विनियोजित बजेटमा खर्च ब्यहोर्ने स्रोतमा आन्तरिक आयतर्फ ३६ करोड ७६ लाख, राजश्व बाँडपफाँटबाट ४८ करोड २९ लाख ५४ हजार, अन्तर सरकारी वित्ततर्फ संघीय सरकारले हस्तान्तरण गर्ने एक अर्ब एक करोड ८७ लाख, अन्तर सरकार प्रदेशले हस्तान्तरण गर्ने आठ करोड २८ लाख र उपमहानगरपालिकाको चालु आर्थिक वर्षको विनियोजनबाट २३ करोड २३ लाख बचत हुने अनुमान गरिएको छ ।

रानाले अगामी वर्षका लागि बराबरको बजेट विनियोजन गरिएको जानकारी दिइन् ।