सुशील प्याकुरेलद्वारा राजदूत पदमा गरेको सिफारिस फिर्ता लिन अनुरोध

  Sampatti News 2024

June 23, 2024

काठमाडौं । असार ७ गतेको मन्त्रिपरिषद बैठकले दक्षिण कोरियाका लागि सुशील प्याकुरेललाई सिफारिस गरे पनी उनले राजदुत बन्न अस्वीकार गरेका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

तर, प्याकुरेलले सहमतिबेगर आफूलाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । साथै उनले राजदूत पद अस्वीकार गर्ने संकेत गरेका छन् ।

प्याकुरेललाई गत असार ७ गतेको मन्त्रिपरिषद बैठकले दक्षिण कोरियाको लागि राजदूतमा सिफारिस गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्यसमेत रहेका प्याकुरेल नेकपा एमालेको कोटाबाट राजदूतमा सिफारिस भएका थिए । ‘सिफारिसप्रति मेरो असन्तुष्टि छ, मैले कन्सल्ट गर्दैछु, केही समयमै सबै कुरा थाहा पाउनुहुन्छ,’ प्याकुरेलले भने ।

उनले सिफारिसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयलाई पत्रसमेत बुझाइसकेका छन् ।

प्रकाशित मिति:June 23, 2024