सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध मुद्दा, अर्याल स्वतः निलम्बन

  Sampatti News 2024

June 23, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल सहित ९ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सञ्चार मन्त्रालय मातहतको सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो ।

सेन्टरले आह्वान गरेको अन्तःशुल्क स्टिकर छपाइको ठेक्का २०७९ मंसिर २६ मा प्रिन्टसेल प्रालिले पाएको थियो । ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर प्रतिथान ८९ पैसाका दरमा छाप्ने गरी प्रिन्टसेल र केन्द्रबीच सम्झौता भएको थियो ।

मुद्दा लागेपछि मुख्यसचिव अर्याल स्वतः निलम्बनमा परेका छन।

प्रकाशित मिति:June 23, 2024