सरकारको निमित्त मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी

  Sampatti News 2024

June 24, 2024

काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएपछि सो पद खालि भएको छ । खाली भएको पदमा निमित्तकाृ रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहेकी सचिव लीलादेवी गड्तौला निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छिन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो ।

यसअघिका गरेपछि अर्याल स्वतः पदमुक्त हुनुभएको छ । अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

प्रकाशित मिति:June 24, 2024