धर्मगुरु रामबहादुर बम्जन बाल यौन दुराचार दोषी ठहर (भिडिओ)

  Sampatti News 2024

June 24, 2024

काठमाडौं । लिटल बुद्ध उपनामले परिचित धर्मगुरु रामबहादुर बम्जन बाल योन दुराचारमा दोषी ठहर भएका छन् । सोमबार सार्लाही जिल्ला अदालका न्यायधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।

आरोपीमध्ये अन्य २ जनाले भने सफाइ पाएका छन् । बम्जनलाई कति सजाय हुन्छ भन्नेबारे असार १७ गते मा तय हुने जिल्ला अदालतका श्रेष्तेदार सदन अधिकारीले बताए ।

सर्लाहीकी एक युवतीले बाल यौन दुरुपयोग गरेको आरोप लगाउँदै बम्जनविरुद्ध २०७७ असार ८ गते जाहेरी दिएकी थिइन् ।

आफ्नो आश्रममा रहेका बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप बम्जनमाथि लागेको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले गत पुसमा बम्जनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति:June 24, 2024