बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

  Sampatti News 2024

June 25, 2024

काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा बैठकमा बजेटलाई निर्णयार्थ पेस तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन गरेको छ ।

एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको छ ।

यसअघि नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको थियो ।

कांग्रेसले पनि पार्टी निकट सांसद्हरुलाई अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रकाशित मिति:June 25, 2024