बाढीले एकै परिवारमा पाँच जनालाई बगायो, एक जनाको मृत्यु

  Sampatti News 2024

June 25, 2024

काठमाडौं । मंगलबार सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खोलामा आएको बाढीले एकै परिवारका पाँच जनालाई बगाएको छ । मोरङको सुन्दरहरैंचा ५ खोक्सीका पाँच जनालाई बगाउँदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा माछा मार्न भएका बेला एक्कासि बाढी आएपछि पाँचै जनालाई बगाएको थियो ।

बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा ५ खोक्सीका २३ वर्षीया प्रेम कला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाचँजना मध्ये स्वस्तिका चौधरी भने रुखको ठुटामा अल्झिएको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।

बाढीले सुन्दरहरैंचा ५ कि ३५ वर्षीया फुल कुमारी चौधरी , ६० वर्षीया अफसरा चौधरी र एक जना पुरुषलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

खोलामा बाढी आएपछि सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति:June 25, 2024