गोर्खा मिडियामा भएको रकम अपचलनको छानबिन सुरु, समितिले माग्यो कागज

  Sampatti News 2024

June 26, 2024

काठमाडौं । जितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्कमा रकम अपचलनका विषयमा छानबिन सुरू गरेको छ । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा अनुसन्धान गर्न बनेको संसदीय विषेश समितिको बुधबार बसेको थियो ।

संसदीय विषेश छानविन समितिको बैठकले कार्यादेशमा उल्लेखित अनुसूची २ मा रहेका ९ वटा सहकारीको कागजात मगाउने निर्णय गरेको समितिका संयोजक सुर्य थापाले जानकारी दिए ।

थापाले भने – ‘विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा गएको प्रवाह भएको रकमको स्थिति समेत हामीले ६ वटा बुँदासहित नौं वटा सहकारीको कागजात मगाउने निर्णय गरेका छौं । यसअघि गठन भएका सहकारी सम्बन्धि छानबिन समिति भएका समितिहरुले गरेको अनुसन्धान प्रतिवेदन, आयोग, समिति र जाँचबुझ आयोग लगायतको प्रतिवेदन हामीले यसअघिका बैठकहरुबाट प्राप्त गर्नेगरी निर्णय गरेका थियौं । ती प्रतिवेदनहरु प्राप्त भएका छन् । ’

संयोजक थापाले संसदीय समिति कसैको ढाकछोप र कसैलाई नियोजितरूपमा फसाउन नबनेको भन्दै सबुत, प्रमाण वा बहुमूल्य रिपोर्ट भए उपलब्ध गराउन आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति:June 26, 2024