काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष सकिनै लाग्दा गृहमन्त्रालय लगायत विभिन्न निकायमा सामाजिक सुरक्षाभत्ता, पारिश्रमिक लगायतका शीर्षकमा रकम अपुग भएको भन्दै अख्तियारी पठाएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालय, अनामनगरलाई अख्तियारी पठाएको हो।
असार १० गते सोमबार बसेको मन्त्रिस्तरको निर्णय भन्दै महाशाखाले गृह मन्त्रालय लगायत विभिन्न नियायबाट सामाजिक सुरक्षाभत्ता, पारिश्रमिक लगायतमा थप बजेट निकासाको माग भएको भन्दै सोही बमोजिम गर्न महालेखालाई अख्तियारी दिएको हो।