तत्कालीन समयमा विकल्प नै नभएपछि विद्रोह गरेका थियौंः अध्यक्ष नेपाल

  Sampatti News 2024

June 28, 2024

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विद्रोह गरे पार्टी निर्माण गरेर ठीक गरेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन समयमा विकल्प नै नभएपछि विद्रोह गरेको बताए ।

उनले भने–‘ ओलीसँग विद्रोह गरेर ठीक गर्यौं, नत्र गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्यो । कसै–कसैले प्रश्न खडा गर्छन्, विद्रोहको औचित्य के छ ? विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर हामीले संविधान बचायौं, राजनीतिक स्थिरता कायम गर्यौं । हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह गर्यौं । अत्यन्तै सही काम गर्यौं । कम्युनिष्ट आन्दोलनलाई जोगायौं । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौं, आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका लागि फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि पनि हामीले नयाँ पार्टी निर्माण गर्नुपर्ने काम पनि गर्यौं।’

प्रकाशित मिति:June 28, 2024