एसईई फेल भएपछि दुई विद्यार्थीले गरे झुण्डिएर आत्महत्या

  Sampatti News 2024

June 29, 2024

काठमाडौं । एसईई परिक्षा पास गर्न नसकेका दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन् । रुपन्देही देवदह नगरपालिका वडा नम्बर २ का एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

शुक्रबार दिउँसो देवदह नगरपालिका वडा नं २ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल वस्ने १७ वर्षीय पूजा न्यौपानेले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले आत्महत्या गर्नुको प्रारम्भिक कारण एसईईमा फेल हुनुनै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:June 29, 2024