गुल्मीमा पहिरोमा परेर एकै परिवारका पाँचजनाको मृत्यु

  Sampatti News 2024

June 29, 2024

काठमाडौं । गएरातिको अभिरल वर्षाकाकारण घर माथिबाट आएको पहिरोले घर पुर्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

गुल्मीको मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले परेर पाँचजनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीलेअनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएर मृत्यु भएको हो ।

पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको शव पहिले नै भेटिएको थियो । सुन्तली र विपना पनि पछि मृतअवस्थामा भेटिएका हुन् ।

प्रकाशित मिति:June 29, 2024