लालीगुँरास सहकारीका प्रमुख सुरेन्द्र भण्डारी पक्राउ

  Sampatti News 2024

June 29, 2024

काठमाडौैं । प्रहरीले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख सुरेन्द्र भण्डारीलाई आज पक्राउ गरेको छ । पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस सहकारीको रकम अपचलन गरेको आरोपमा उनीपवरुद्ध मुद्दा परेको थियो ।

सोहि मुद्दामा अदालतले पक्राउ पुर्जी जारी भएको थियो ।

भण्डारीलाई काठमाडौँको बालुवाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

भण्डारीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:June 29, 2024