नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार बेचन झा पक्राउ

  Sampatti News 2024

June 29, 2024

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा लाई पक्राउ गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले झालाई पक्राउ गरेको हो ।

पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ ।

परिसरले गरेको पहिलो चरणको अनुसन्धानमा उनी पक्राउ परेका थिएनन्।

प्रकाशित मिति:June 29, 2024