नेकपा एस महाधिवेशनः विद्युतिय माध्यमबाट मतदान, खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन

  Sampatti News 2024

July 1, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादीको हिजोबाट सुरु भएको १० औं महाधिवेशन आज पनि जारी छ । बन्द सत्र सञ्चालनका लागि सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डलसमेत गठन समेत गरिएको छ ।

उपमहासचिव जगन्नाथ खतिवडा संयोजक रहेको १५ सदस्यीय बहस नोट कमिटी गठन गरिएको छ । डा. गंगालाल तुलाधर र डा। विजय पौडेललाई माइन्यूट लेखनको जिम्मा दिइएको छ ।

नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदानको व्यवस्था मिलाइएको छ । छिटो र छरितो ढंगबाट चुनाव गराउन ई(भोटिङको व्यवस्था गरिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति:July 1, 2024