कांग्रेस र एमालेबिचको समिकरण चरम अवसवादः नेकपा एस

  Sampatti News 2024

July 2, 2024

काठमाडौं । एमाले–कांग्रेसको सत्ता समिकरणको विषयमा नेकपा (एकीकृत समाजवादी)ले चरम अवसरवाद भन्दै टिप्पणी गरेको छ ।

सोमबार मध्यराति संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको नयाँ सत्ता समीकरण गर्ने सम्झौता भएपछि प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले धारणा व्यक्त गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) दशौँ राष्ट्रिय महाधिवेशनमा व्यस्त रहेको छ । महाधिवेशनस्थल कमलादीमा नेता खतिवडाले भने, ‘संसद्का ठुला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो । बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम मात्र हो ।’

प्रकाशित मिति:July 2, 2024