८ वर्षपछि बढ्यो नूनको मूल्य

Nepal Cover
१९ असार २०८१, मंगलवार
image

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लि।ले नूनको मूल्य समायोजन गरेको छ । कर्पोरेसनबाट बिक्री भइरहेको नूनको मूल्य आज राति १२ बजे लागू हुने बढाएको छ ।

कम्पनीले विज्ञप्तिमार्फत समायोजन गरेको मूल्यमा आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ ।

न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।

८ वर्षपछि नुनको मुल्य वृद्धि भएको हो । अझै ५ रुपैयाँ घाटा रहेको साल्ट ट्रेडिङले बताएको छ ।