रु ४०० ले बढ्यो सुनको भाउ

  Sampatti News 2024

July 3, 2024

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जनाएको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम थियो ।

आज ४०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।

यसबाहेक आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ थियो । यो तोलामा २० रुपैयाँको वृद्धि हो ।

प्रकाशित मिति:July 3, 2024