रास्वपाको बैठकमा ठूलो संख्यामा प्रहरी परिचालन

  Sampatti News 2024

July 3, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकमा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । आज महान्त्रीले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न वनस्थलीस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा भित्रैसम्म प्रहरी तैनाथी बढाइएको छ ।

बैठक बसिरहेको पाँचौ तलासम्म प्रहरीको तैनाथी देखिन्छ ।

आजको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर सांकेतिक विरोध गरेका छन् ।

प्रकाशित मिति:July 3, 2024