नेकपा एस महाधिवेशनः माधव नेपाल सर्वसम्मत अध्यक्ष बन्ने निश्चित

  Sampatti News 2024

July 4, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशन जारी छ । बुधवार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरू सर्वसम्मतिको प्रयासमा रातभर जुटेका थिए । त्यसको परिणाम स्वरुप माधवकुमार नेपाल सर्वसम्मत अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ । अध्यक्षका लागि घनश्याम भुसालले दावी गरेपनि अध्यक्ष छोडेर तेस्रो बरियता वरिष्ठ उपाध्यक्ष दाबी गरेको स्रोत बताएको छ ।

माधवकुमार नेपालको पक्षमा प्रतिनिधिको संख्या अधिक देखिएपछि भुसाल अध्यक्षबाट पछि सरेको बुझिएको छ ।

भुसालले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपनि राजेन्द्र पाण्डेको दाबी रहेकाले उनलाई कार्यकारी अधिकारसहितको महासचिव बनाउन लागिएको स्रोतले जनाएको छ।

यद्यपि भुसालले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरियतासहितको कार्यकारी पद दाबी गरेको बताइएको छ ।

प्रकाशित मिति:July 4, 2024