माधव नेपाल अध्यक्ष र घनश्याम भुसाल महासचिवमा सर्वसम्मत चयन

  Sampatti News 2024

July 4, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी १० औं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत चयन गरेको छ । यस्तै महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका हुन् ।

सम्मानित नेतामा झलनाथ खनाल यसअघिनै सर्वसम्मत भएका हुन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो ।

प्रकाशित मिति:July 4, 2024