मन्त्रीपरिषद् बैठकः धानको समर्थन मूल्य निर्धारण

  Sampatti News 2024

July 5, 2024

काठमाडौं । विहीबार बसेको मन्त्रीपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको छ ।

आर्थिक वर्ष २०८१÷०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो ।

जसअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ तोकिएको छ ।
यसैगरी मध्यम धानको रु ३५८०.६२ न्यूनतम समर्थन मूल्य तोकिएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति:July 5, 2024