सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छः माधव नेपाल

  Sampatti News 2024

July 5, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताएका छन् । आज पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले संसदको सामना गर्न प्रधानमन्त्रीले आट गर्नुपर्ने बताएका हुन् ।

नेपालले भने– ‘सबै राजनीतिक दलहरूले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ ।’

नेपालले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति:July 5, 2024