२८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने

  Sampatti News 2024

July 5, 2024

काठमाडौं । नेकपा (एमाले)ले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने भएका छन् । उनले असार २८ गते विश्वासको मत लिने भएको बुझिएको छ ।

सरकारलाई समर्थन गरेका कुनैपनि दलले समर्थन फिर्ता लिएमा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

सोहि प्रावधान अनुसार दाहालले विश्वासको मत लिने भएका हुन् ।

प्रकाशित मिति:July 5, 2024