राप्ति नदिको बाढीमा फसेर एक जना बेपत्ता, २ जनाको उद्धार

Nepal Cover
२३ असार २०८१, शनिबार
image

बुटवल । दाङको राप्ति नदिमा आएको बाढीमा फसेर एक जना बेपत्ता भएको र २ जनाको सकुशल उद्धार गरिएको छ ।

राजपुर गाउँपालिका२ का किसान दुध बिक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जना संगै रहेपनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए ।

दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।