भोटेकोशीको हाइड्रो पावरको ढलान भत्किँदा बेपत्ता भएका २ जनाको शव फेला

  Sampatti News 2024

July 6, 2024

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधीन इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।

आज बिहान आयोजनाको डिसेन्डर कभर स्याल्बामा च्यापिएको अवस्थामा उनीहरुको शव फेल परेको हो ।
ढलानले थिचेर मृत्यु हुनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन्।

हिजो बिहान मजदुरहरुले ढलान गर्दागर्दै हाइड्रो पावरको ढलान भत्किएर १० जना पुरिएका थिए । पुरिएका १० जनालाई घटनास्थलबाट तत्काल उद्धार गरि उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रकाशित मिति:July 6, 2024