मधेश प्रदेश : मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

  Sampatti News 2024

July 6, 2024

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दोस्रो पटक विश्वासको मत पाएका छन् । शनिवार बसेको प्रदेशसभा बैठकमा १०१ जना सांसदमध्ये ६७ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन् ।

३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरे । संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंहले बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनतम पार्टीको तर्फबाट सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति:July 6, 2024