कोशीका ४६ वटा ढोका खोलिए

  Sampatti News 2024

July 7, 2024

काठमाडौै । सप्तकोशी नदीमा पानीको बहाब उच्च भएको छ। निरन्तरको वर्षातका कारण पानीको बहाब उच्च भएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

कन्ट्रोल रुमका अनुसार आज बिहान ६ बजेसम्म ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाब मापन गरेको छ। जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ५६ वटा मध्ये ४६ वटा ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक ९एपपी० विपिन रेग्मीका अनुसार निरन्तर पानी परिरहेको र सप्तकोसीसहित सहायक नदीहरूमासमेत पानीको बहाब उच्च भएको छ।

पानीको बहाब उच्च भएको र अझै बढ्दो क्रममा रहेकाले सुनसरीसहित उदयपुरका जिल्लामासमेत सतर्कता अपनाउन आग्रह गरे। खासगरी सप्तकोसी नदीले अहिले कटानसमेत सुरु गरेको स्थानीयबासी बताउँछन्। केही वर्षअघि आएको सप्तकोशीको बाढीले पश्चिमतर्फ कटान गर्दा सुनसरीसहित उदयपुरका विभिन्न क्षेत्रमा भौतिक क्षति भएको थियो।

प्रकाशित मिति:July 7, 2024