काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज (आइतबार) प्रतितोला एक हजार रुपैया मूल्य बढेपछि हालसम्मकै उच्च भएको हो ।
आज सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ ।
यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ ।