राजस्व महानिर्देशक बुढाको यस्तो हर्कत, आफ्नै सालो प्रयोग गरेर असुली धन्दा !

  Sampatti News 2024

July 8, 2024

काठमाडौं । राजस्व चुहावट गरिएको आशंका लागेमा राजस्व अनुसन्धान विभागका महानिर्देशकको कार्यसम्पादन अनुसारकै तजबिजले छापामारी गर्दै सम्बन्धित ब्यक्तिलाई नियन्त्रणमासम्म लिएर अनुसन्धान गर्ने र राज्यको खातामा राजस्व दाखिला गराउने अधिकार बोकेर बसेको निकाय हो ।

तर, पछिल्लो समय राजश्व विभागका महानिर्देशकको हर्कत थाहा पाउनुभयो भने तपाई छक्क पर्नुहुन्छ । अहिले विभागका महानिर्देशक छन् चक्रबहादुर बुढा । उनले यति सम्म गर्छन की उनका कारण उनी मातहतका कर्मचारीहरु पछि तनाबमा छन् । स्रोतका अनुसार उनले कोरोना कालपछि थलिएका व्यावसायीहरुलाई धम्काएर व्यक्तिगत असुली गरेर धन्दा चलाएका छन् ।
उनको यो हर्कत छताछुल्ल हुन पुग्दा भ्रष्ट महानिर्देशकको इतिहास कायम गराउन सफलसमेत भएका छन् ।

प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहेको विभाग प्रति प्रधानमन्त्रीको प्रत्यक्ष चासो रहेको देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालसँगको निकटताका कारण प्रीपेड सन्दर्भले नियुक्ति पाएका महानिर्देशक बुढाले विभाग आए सगै हाक्का हाक्की रकम माग्नेमा पहिलो महानिर्देशक बनेका छन् ।

यतिखेर उनी मातहतका कर्मचारी तनावग्रस्त बन्न पुगेका छन् । गल्ती गरेका निकायलाई नियन्त्रणमा लिएर राजस्व सरकारको खातामा दाखिला गराउनुपर्नेमा त्यसो नगरी उपेन्द्र शाही थरका आफ्नो सालो परिचालन गरेर अरवौं रकम संकलन गरि उक्त रकम कहाँ पुर्याउछन कसैलाई पतै हुदैन् । उक्त हर्कतका कारण कर्मचारीहरु तै चुम मै चुपको अवस्थामा पुगेका छन् ।
महानिर्देशक बुढाको यो हर्कत जानकारी पाएर पनि अख्तियार पर्ख र हेरको नितिमा देखिएको बुझिएको छ । बिलिङ काण्डमा मुछिएका महानिर्देशक बुढाले विभाग भित्रका काबिल अफिसरलाई बेवास्ता गर्दै बिचौलिया मार्फत प्रधानमन्त्री पुत्री दाहाललाई मासिक करोडौं बुझाउदै आएकोसमेत बुझिएको छ ।

बुढाले दाहालको आडमा बजारमा आफनो एकल साम्राज्य खडा गरेको छन् । बजारमा प्रतिष्ठित व्यापारी मात्रै होइन मध्यम स्तरका ब्यापारीलाई समेत उनले नछोडेको हाम्रो गोप्य स्रोत बताउछ ।

गत महिना न्युरोडका सुन पसलबाट महानिर्देशकले सालो प्रयोग गरेर पचास करोड संकलन गरेको सन्दर्भ प्रधानमन्त्रीलाई जानकारी हुँदाहुँदै पनि महानिर्देशक बुढा अहिलेसम्म जिम्मेवारीमै छन् । निर्धक्क तवरले यस्तो हर्कत देखिनु प्रधानमन्त्रीद्वारा परिचालन भएको प्रष्ट भएको छ ।

बजारमा सूचना प्रबिधि क्षेत्रमा विधि पुर्याएर काम गरेका दर्जन व्यावसाय फर्महरु पछिल्ला दिनमा तनाब झेल्न बाध्य छ्न । महानिर्देशक बुढाले सालो उपेन्द्र शाहीलाई फोन गरेर धम्काउन लाउने र पछि आफुले डिल गरेर रकम माग्ने गरेको अडियो नै बाहिर आउने तयारी भएको एक व्यावसायीले आफ्नो नाम नभन्ने सर्तमा सम्पत्ति न्यूजलाई बताउछन् ।

प्रधानमन्त्री दाहालको सत्ताको आयुसँगै जोडिएका महानिर्देशक बुढाको चुरिफुरी असार २८ गतेपछि के होला विभाग नियाल्नेहरुको प्रश्न छ ।

बजारमा व्यावसायी आतंकित हुदा प्रधानमन्त्रीले त संरक्षण गरे गरे तर सुशासनको प्रत्याभूत गराउने अख्तियारले बुढालाइ किन हतक्डी लाउदैन बिभागका एक कर्मचारीले नाम नभन्ने सर्तमा भन्छन् ।

समाचार श्रोतका अनुसार विभाग भित्र इमानदारीसाथ काम गर्ने कर्मचारी महानिर्देशकका निम्ति काडो बनेका देखिन्छन् । आशंकाको भरमा मातहतका धेरै कर्मचारीलाई सरुवा गरिसकेका उनले एकछत्र धन्दा चलाउने मुडमा विभागका कतिपय कर्मचारीको बेलाबेलामा सातोसमेत लिनेगरेका छन् ।

प्राप्त जानकारी अनुसार गरिबीको चरम पिडा झेलेका महानिर्देशक बुढाका अतित त कहालीलाग्दो छ । गाउँमा कोदो खाएर हुर्केका उनको आजभोलिको दैनिकी हेर्दा समकक्षी समेत चकित छ्न । पछिल्ला दिनमा राजस्वका गतिविधि नजिकबाट बुझ्नेहरु भन्छ्न चक्रबहादुरलाई नियन्त्रणमा लिन ढिलाइ गर्नुहुन्न ।

प्रकाशित मिति:July 8, 2024